उज्यालो हुन नपाउँदै सल्यानको शारदामा जीप दूर्घटना, ३२ वर्षीय चालक घनश्याम थापाको मृत्यु :

सल्यानमा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शुक्रवार बिहान ५:३० बजे जिल्लाको शारदा नगरपालिका वडा न. ६ मदमकाँडा नजिकै लु १ ज २९३४ नम्बरको जीप दुर्घटना भएको हो।

दूर्घटना हुँदा जीपका मालिक तथा चालक शारदा नगरपालिका १ निबासी ३२ वर्षीय घनश्याम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

जीपका सहचालक शारदा नगरपालिका १ निवासी याम बहादुर भण्डारी सकुशल रहेको प्रहरीले जनाएको छ।
मृतक थापाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याउने तयारी भैरहेको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment